‘सार्वभौम संसद् राष्ट्रिय पञ्चायतजस्तो नबनोस्’ [तस्बिरहरू]

दिपेश श्रेष्ठ ३२ जेठ २०८० १३:३२
32
SHARES
‘सार्वभौम संसद् राष्ट्रिय पञ्चायतजस्तो नबनोस्’ [तस्बिरहरू]

काठमाडौँ- मानव अधिकार तथा शान्ति समाजले भ्रष्टाचारविरुद्ध  प्रदर्शन गरेको छ। प्रदर्शनकारीहरूले संसद् भवन नयाँ बानेश्वरको ३ नम्बर गेट (पानी ट्यांकी) अगाडि प्रदर्शन गरेका हुन्।

संसद् भवन अगाडि प्रदर्शन गरेपछि प्रहरीले प्रदर्शनकारीले प्रयोग गरेका ब्यानर खोसेको थियो। साथै केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ।

प्रदर्शनकारीहरूले ‘सार्वभौम संसद्ले भ्रष्ट नेतालाई कारबाही गरोस्, सार्वभौम संसद् भ्रष्टाचारीको संरक्षण गर्ने थलो नबनोस्, सार्वभौम संसद् राष्ट्रिय पञ्चायतजस्तो नबनोस्, नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेतासहित मूल दोषीहरूलाई कारबाही गर’ भन्दै प्रदर्शन गरेका थिए।

प्रकाशित: ३२ जेठ २०८० १३:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − ten =