दैलेखमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

हिमाल प्रेस ३२ जेठ २०८० १३:१०
4
SHARES
दैलेखमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु प्रतिनिधिमूलक तस्बिर

सुर्खेत- दैलेखमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तल्लो डुंगेश्वरबाट दुल्लुतर्फ जाँदै गरेको प्रदेश १-०२-००३ त २८२६ नम्बरको ट्रयाक्टर दुल्लु नगरपालिकाको वडा नम्बर १ डाँडापानीमा बुधबार राति दुर्घटना भएको हो।

दुर्घटनामा तीन जना गम्भीर र दुई जना सामान्य घाइते भएका थिए। गम्भीर घाइतेमध्ये दुल्लु नगरपालिका-१ की १९ वर्षीया डिलमाया खड्काको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख किशोर लम्सालले जानकारी दिए।

अन्य गम्भीर घाइते दुल्लु नगरपालिका-१ की १८ वर्षीया जानुकुमारी खड्का, दुल्लु-५ का १९ वर्षीय भरत शर्माको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ। सामान्य घाइते भएका दुई जना उपचारपछि घर फर्किएका छन्।

प्रकाशित: ३२ जेठ २०८० १३:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − ten =