इन्स्पेक्टरले हवलदार र जवानलाई पानीमा चोप्दै भाटैभाटाले हानेपछि…

हिमाल प्रेस ३१ जेठ २०८० १५:२७
7.2k
SHARES
इन्स्पेक्टरले हवलदार र जवानलाई पानीमा चोप्दै भाटैभाटाले हानेपछि…

काठमाडौँ- झापामा सादा पोशाक (घुमुवा)का इन्स्पेक्टरले मंगलबार साँझ हवलदार र जवानमाथि निर्घात कुटपिट गरेको पाइएको छ। सशस्त्र प्रहरीका इन्पेक्टर नभप्रभात राईले आफूभन्दा तल्लो तहका कर्मचारीलाई कुटपिट गरेको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए।

‘इन्स्पेक्टरसहित केही प्रहरी बाहिनीबाट सीमा क्षेत्रमा गएका रहेछन्। सीमावर्ती नकलबन्दामा सुरक्षामा खटिएका हवलदार र जवानको टोलीलाई इन्स्पेक्टरले हाट्टहुट्ट गरेछन्,’ प्रजिअ पोखरेलले हिमालप्रेससँग भने, ‘इन्स्पेक्टर सादा पोसाकमा भएकोले प्रहरीमाथि हातपात भएको भन्दै स्थानीयले लखेटेछन्।’

प्रहरी स्रोतका अनुसार सशस्त्र प्रहरीको बराह बाहिनी पकलीमा कार्यरत राईले हवलदार र जवानको टोलीलाई पानीमा डुबाउँदै लाठीले हानेका थिए।

कुटपिटबाट सीमा सुरक्षा पोस्ट नकलबन्दामा कार्यरत वरिष्ठ हवल्दार पासाङ तामाङ, हवल्दारहरू गणेशबहादुर तामाङ, रामबहादुर कार्की, सहायक हवल्दार शान्तबहादुर राई र जवान उमेश राजवंशी घाइते भएका छन्। घाइते सबैको झापा मेचीनगरस्थित मेची आम्दा अस्पतालमा उपचार भइरहेको छ।

सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापा घटना छानबिनका लागि एसपी विक्रम हुमागाइँको नेतृत्वमा छानबिन टोली गठन भएको छ। ‘एसपी विक्रम हुमागाइँको नेतृत्वमा घटनाबारे छानबिन गर्न समिति बनेको छ,’ थापाले हिमालप्रेससँग भने, ‘यो समितिले बुधबार या बिहीबारसम्म घटनाबारे अध्ययन गरेर प्रतिवेदन बुझाउने छ। दुवै पक्ष हाम्रै फोर्सकै भएकोले सोही प्रतिवेदनको आधारमा विभागीय कारबाही प्रक्रिया अघि बढ्छ।’

प्रकाशित: ३१ जेठ २०८० १५:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + sixteen =