महोत्तरीमा ट्युबेलमा पानी नआएपछि ट्यांकरबाट वितरण

हिमाल प्रेस २९ जेठ २०८० १२:१४
8
SHARES
महोत्तरीमा ट्युबेलमा पानी नआएपछि ट्यांकरबाट वितरण

महोत्तरी– जलेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रका पानीका स्रोत कम भएपछि ट्यांकरबाट पानी वितरण गर्न थालेको छ। पछिल्लो समय यहाँका धारा, चापाकल (ट्युबेल) र अन्य पानीका स्रोतबाट पानी आउन छाडेको छ।

जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारले नगरको विभिन्न वडामा ट्यांकरबाट पानी वितरण भइरहेको जानकारी दिए।

१२ वटा वडा रहेको जलेश्वर नगर क्षेत्रभित्र १२ हजार ३ सय ८० घरधुरी रहेकामा प्रायः घरधुरीमा जडान रहेको धारा र चापाकल सुकेर पानी आउन बन्द भएको जनाइएको छ। मधेश प्रदेशका भू तथा वातावरणविज्ञ बेचन महतोले नगर क्षेत्रभित्रको जलस्तर कम हुँदा पानीका स्रोत सुकेको जनाए।

जलेश्वरमा यसअघि कहिले पनि पानीको अभाव नभएको बताइएको छ। जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित बर्दिबास , गौशाला, भंगहा, औरही, बलवा, रामगोपालपुर नगरपालिका र सम्सी गाउँपालिकाको समेत पानीको समस्या भएको बताइएको छ।

खानेपानीको अभाव हुन नदिन काम भइरहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले बताए।

प्रकाशित: २९ जेठ २०८० १२:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 12 =