काठमाडौँ- प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायत विरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
माओवादीकै पूर्वबाल सेनासमेत रहेका लेनिन विष्टले जनयुद्धका क्रममा बालसेना प्रयोग अन्तर्राष्ट्रिय मानवीय कानुनविपरीतको कार्य भन्दै रिट पेस गरेका थिए।
यसअघि सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको उक्त मुद्दा शुक्रबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले दर्ता गर्न आदेश दिएको हो। उक्त रिट यसअघि सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो। दरपीठपछि विष्टले दर्ताका लागि अन्तरिम आदेश माग गरेका थिए।
प्रकाशित: २६ जेठ २०८० १४:५६
प्रतिक्रिया