‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३’ बाट ग्लोबल आइएमई बैंक सम्मानित

हिमाल प्रेस २५ जेठ २०८० १७:२९
2
SHARE
‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३’ बाट ग्लोबल आइएमई बैंक सम्मानित

काठमाडौँ- ग्लोबल आइएमई बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३’ बाट सम्मानित भएको छ। फिनाकल १० कोर बैंकिङको कार्यान्वयनपछि बैंकले ग्राहकलाई नवीनतम सेवासहित डिजिटल ट्रान्सफर्मेसन गरेकाले ‘ट्रान्सफर्मेसन एक्सिलेन्स’ विधाअन्तर्गत बैंक उत्कृष्ट घोषित भएको हो।

इन्फोसिस फिनाकल इनोभेसन अवार्ड बैंकिङ टेक्नोलोजी क्षेत्रको एक प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार हो। नवीनतम ग्राहक केन्द्रित आविष्कारहरूको सर्जक बैंकहरूलाई प्राविधिक रूपान्तरण, प्रविधिको सही प्रयोग तथा टेक्नोलोजिमा सिर्जनशीलताजस्ता बुँदालाई आधार मानेर उक्त अवार्ड प्रदान गर्ने गरिएको हो।

प्रकाशित: २५ जेठ २०८० १७:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =