ग्लोबल आइएमई बैंकले ९ प्रतिशत लाभांश दिने

हिमाल प्रेस २८ मंसिर २०८० १७:३०
10
SHARES
ग्लोबल आइएमई बैंकले ९ प्रतिशत लाभांश दिने

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडको १७औँ वार्षिक साधारणसभाले ९ प्रतिशत लाभांशको प्रस्ताव पारित गरेको छ। साधारणसभाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट बैंकले ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस सेयर लाभांश दिने प्रस्ताव पारित गरेको हो।

बैंकले आर्थिक वर्ष २०७९/८० मा सञ्चालन मुनाफा १२ अर्ब ६९ करोड रुपैयाँ र कर पछिको मुनाफा ६ अर्ब ६९ करोड रुपैयाँ आर्जन गरेको थियो। प्रस्तावित बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँ पुग्नेछ।

आर्थिक वर्ष २०७९/८० मा बैंकको खुद ब्याज आम्दानीतर्फ अघिल्लो वर्ष भन्दा ६ अर्ब ८१ करोड रुपैयाँले वृद्धि भएको छ। बैंकको खुद मुनाफामा अघिल्लो वर्षको तुलनामा ३४.९९ प्रतिशतले वृद्धि भई ६ अर्ब ६९ करोड रुपैयाँ कायम भएको छ। बैंकले सोही अवधिमा ४ खर्ब ३९ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गर्नुका साथै ३ खर्ब ७४ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ।

साधारणसभाले संस्थापक सेयरधनी समूहबाट ३ जना र सर्वसाधारण सेयरधनी समूहबाट ३ जना सञ्चालक निर्वाचित गरेको छ। संस्थापक सेयरधनीमध्येबाट चन्द्रप्रसाद ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त निर्वाचित भएका हुन्। त्यस्तै सर्वसाधारण सेयरधनीतर्फबाट नारायणप्रसाद पौडेल, मदनलाल जोशी र कृष्णप्रसाद शर्मा निर्वाचित भएका छन्।

प्रकाशित: २८ मंसिर २०८० १७:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =