ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा पोखरेल

हिमाल प्रेस २० कार्तिक २०८० १७:२०
14
SHARES
ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा पोखरेल

काठमाडौँ- ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेल नियुक्त भएका छन्।

आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले पोखरेललाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो। पोखरेलसँग दुई दशकभन्दा लामो समय बैंक तथा वित्तीय क्षेत्रमा काम गरेको अनुभव छ।

पोखरेल यसअघि आइएमई ग्रूपको वरिष्ठ उपाध्यक्ष तथा रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृत थिए।

नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत पोखरेलले नेपालको सबैभन्दा ठुलो बैंकमा पूनः आबद्ध भई काम गर्ने अवसर प्राप्त भएको भन्दै खुसी व्यक्त गरे। साथै उनले बैंकलाई थप सबल र सुदृढ बनाउन आफू कटिबद्ध भएर लाग्ने बताए।

प्रकाशित: २० कार्तिक २०८० १७:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − two =