फेवातालमा एक जनाकाे शव भेटियाे

हिमाल प्रेस २३ जेठ २०८० २१:३२
2
SHARE

पोखरा- फेवातालमा एक जना मृत फेला परेका छन्। अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेकाे हाे। उनकाे पहिचान खुल्न सकेको छैन। स्थानीयले सोमबार साँझ साढे ६ बजे तालको वाटरफ्रन्ट र गैराको चौताराबीचमा तैरीरहेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगेको थियो। २ दिनसम्म सनाखत हुन नसकेपछि कास्की प्रहरीले ती पुरुषको हुलियासहित कसैले चिनेजानेको भए सम्पर्क गर्न आग्रह गरेको छ।

प्रकाशित: २३ जेठ २०८० २१:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 2 =