काठमाडौँ- संघीय संसद्अन्तर्गत आज (मंगलबार) दुवै सदनको बैठक बस्दैछ। प्रतिनिधिसभा बैठक बिहान ११ बजेबाट सुरु हुनेछ।
प्रतिनिधिसभामा सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत गरेको बजेटमाथि सांसदहरूले आफ्ना धारणा राख्नेछन्।
बिहान ११ः११ बजे बस्ने राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ। साथै आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत गरेको बजेटमाथि सदस्यहरूले आफ्ना धारणा राख्ने कार्यक्रम छ।
प्रकाशित: २३ जेठ २०८० ९:२७
प्रतिक्रिया