सूचना प्रविधि प्रयोग गरेर वातावरण संरक्षण र संवर्द्धन गरिनुपर्छ : मन्त्री शर्मा

हिमाल प्रेस २२ जेठ २०८० १२:३८
8
SHARES
सूचना प्रविधि प्रयोग गरेर वातावरण संरक्षण र संवर्द्धन गरिनुपर्छ : मन्त्री शर्मा फाइल तस्बिर।

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वातावरण संरक्षणका लागि सचेतना र जागरमूलक अभियान सञ्चालन गरिनुपर्ने बताएकी छन्। विश्व वातावरण दिवसको अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएकी हुन्।

वातावरण संरक्षणमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रको भूमिका बढाउनुपर्ने उनको भनाइ छ।

‘विश्वव्यापी रूपमा बढ्दै गएको वातावरण प्रदूषणको चुनौती कम वातावरणसम्बन्धी सचेतना र जागरण निकै महत्त्वपूर्ण पक्ष हो, यसका लागि आम सञ्चार क्षेत्रलगायत सबैको प्रभावकारी भूमिका आवश्यक छ,’ शुभकामना सन्देशमा उल्लेख छ,‘वातावरण संरक्षणलाई निरन्तर सचेतनामूलक अभियानको रूपमा अघि बढाउन र यसमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रको अत्यधिक परिचालनमा जोड दिन पनि म सबै पक्षसँग आह्वान गर्दछु ।’

यो वर्ष विश्वव्यापी र नेपालमा पनि प्लाष्टिकजन्य प्रदूषण निर्मुलको सन्देशसहित वातावरण दिवस मनाइँदै गरेको उल्लेख गर्दै उनले प्लाष्टिकजन्य वस्तुको प्रयोग नेपालसहित विश्वव्यापी रूपमा ठूलो समस्याको रूपमा देखिँदै आएको बताइन्।

‘प्लाष्टिकजन्य प्रदूषण कम गर्नको लागि यसको प्रयोग घटाउने, पुनः प्रयोग गर्ने, अस्वीकार गर्ने, हटाउने, पुनः उत्पादन गर्नेलगायत विभिन्न विधिहरू प्रयोग हुँदै आएका छन्,’ सन्देशमा भनिएको छ,’ ‘मुख्य कुरा आम नागरिकले प्लाष्टिकजन्य वस्तु प्रयोगको लत कम गनुपर्ने आवश्यकता छ। यसका लागि प्लाष्टिकजन्य वस्तुको प्रयोगबाट हुने हानी र त्यसबाट बच्ने उपायसम्बन्धी व्यापक जनचेतना जागृत गनुपर्ने आवश्यकता छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + one =