सहिदको बलिदानकै कारण नेपालमा राजनीतिक परिवर्तन : सञ्चारमन्त्री शर्मा

हिमाल प्रेस १६ भदौ २०८० १४:१८
4
SHARES
सहिदको बलिदानकै कारण नेपालमा राजनीतिक परिवर्तन : सञ्चारमन्त्री शर्मा

दाङ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हजारौँ सहिदको बलिदानकै कारण नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको बताएकी छन्।

दाङको घोराही उपमहानगरपालिका-१७ वर्गदीस्थित सहिदस्मृति पार्कमा नेकपा माओवादी केन्द्रले सुरु गरेको तीन महिने विशेष रूपान्तरण अभियान उद्घाटनका अवसरमा उनले अब सहिदका सपना पूरा गर्ने गरी पार्टी र सरकार अघि बढ्ने बताइन्।

उनले सहिदको बलिदानका कारण राजनीतिक व्यवस्था बदलिएको उल्लेख गर्दै अब सहिदका सपना पूरा गर्न जनताको अवस्था बदल्नुपर्नेमा जोड दिइन्। वर्तमान सरकार गठन भएदेखि निरन्तर जनताको सेवा, सुविधा र सुशासनलाई प्राथमिकतामा राखिएको मन्त्री शर्माले बताइन्।

इतिहासमा पहिलो पटक सरकार जनतासित जोडिएको उल्लेख गर्दै उनले सुशासन, समृद्धि र सामाजिक न्यायको बाटोमा अघि बढिरहेको बताइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =