स्थानीय सरकारले गुणस्तरीय सेवा प्रवाह गर्नुपर्छ : सञ्चारमन्त्री शर्मा

हिमाल प्रेस १६ मंसिर २०८० १३:५९
6
SHARES
स्थानीय सरकारले गुणस्तरीय सेवा प्रवाह गर्नुपर्छ : सञ्चारमन्त्री शर्मा फाइल तस्बिर

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनताको सबैभन्दा नजिकको सरकारका रूपमा रहेको स्थानीय सरकारले गुणस्तरीय सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्ने बताएकी छिन्।

सल्यानको कपुरकोट गाउँपालिकाले आज आयोजना गरेको स्वागत कार्यक्रममा उनले सरकारको प्राथमिकता सुशासन र गुणस्तरीय सेवा प्रवाह भएकाले स्थानीय सरकारले पनि नागरिक केन्द्रित सेवा प्रवाहमा ध्यान दिनुपर्ने बताइन्।

सरकारले सुशासन र गुणस्तरीय सेवा प्रवाहमा जोड दिने नीति लिएपछि शैक्षिकसत्र शुरू हुनुअघि नै पाठ्यपुस्तक सम्बन्धित स्थानीय तहसम्म पुगेको, मल आपूर्ति सहज भएको, सेवा प्रदायक कार्यालयमा लामो लाइन बस्नुपर्ने समस्या अन्त्य भएकोलगायत उदाहरण पेस गर्दै मन्त्री शर्माले सेवा प्रवाहलाई थप सहज र प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने बताइन्।

सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले पूर्वाधार निर्माण र विकासका अन्य काम संघीय तथा प्रदेश सरकारले गर्ने बताइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + eighteen =