नागरिकता विधेयक प्रमाणीकरणमा त्रुटि : प्रदीप पौडेल

हिमाल प्रेस २१ जेठ २०८० १६:३५
2
SHARE
नागरिकता विधेयक प्रमाणीकरणमा त्रुटि : प्रदीप पौडेल

काठमाडौँ- नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नागरिकता विधेयक प्रमाणीकरणमा त्रुटी भएका बताएका छन्। आइतबार संसद् बैठक अवरुद्ध भएपछि संसद् भवनबाहिर प्रतिक्रिया दिँदै नागकरिता विधेयक प्रमाणीकरणमा त्रुटी भएका बताएका हुन्।

नयाँ संसद्‍मा छलफल गरेर टुंग्याएको विषयलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने सांसद पौडेलको भनाइ थियो। नागरिकता विधेयक प्रमाणीकरणको समय पनि नमिलेको सांसद पौडेलले बताए।

‘त्यो विधेयक पछिल्लो चरणमा संसद्‍मा दर्ता गरिनुपर्थ्याे,’ उनले भने, ‘दर्ता गरेर, संसद्‍मा छलफल भइसकेपछि सभामुखले त्यसलाई राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउनुपर्थ्याे।’

संसद्‍बाट क्याबिनेटमा जाने, क्याबिनेटले राष्ट्रपतिकहाँ लगिसकेपछि बल्ल त्यसलाई प्रमाणीकरण गर्ने प्रक्रिया हुनुपर्नेमा उक्त प्रक्रिया अवलम्बन नगरिएको सांसद पौडेलले औँल्याए। ‘ कन्टेन्टबारे सहमति, विमती के छ भन्नुभन्दा पनि प्रोसेसमा त्रुटी देखियो,’ उनले भने, ‘प्रक्रिया र समय उपयुक्त भएन। सांसदहरूले छलफल गरेर टुंग्याउनुपर्त्याे।’

एमालेसहित विपक्षीको नाराबाजीपछि संसद बैठक स्थगित [तस्बिरहरू]

प्रकाशित: २१ जेठ २०८० १६:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =