एमालेसहित विपक्षीको नाराबाजीपछि संसद बैठक स्थगित [तस्बिरहरू]

दिपेश श्रेष्ठ २१ जेठ २०८० १३:१३
8
SHARES
एमालेसहित विपक्षीको नाराबाजीपछि संसद बैठक स्थगित [तस्बिरहरू] फाइल तस्बिर।

काठमाडौँ– आइतबार (आज) बसेको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। एमालेसहित प्रतिपक्षी दलहरूले बैठकमा नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले एक घण्टाका लागि बैठक स्थगित गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले संसद् छलेर असंवैधानिक ढंगले विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली भूमि भारतसँग साटफेर गरेको भन्दै एमाले, रास्वपा र राप्रपाले सदन अवरुद्ध पारेका हुन्।

उनीहरूले प्रधानमन्त्रीले ‘बंगलदेश जाने बाटो पाए नेपाली भूमी भारतसँग साट्न सकिने’ भन्दै दिएको अभिव्यक्ति राष्ट्रघाती रहेको भन्दै सो अभिव्यक्ति फिर्ता लिन एमालेसहित विपक्षी दलले माग गरेका छन्।

राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक निष्क्रिय बनाई एक हप्ताभित्र संसदले अर्को विधेयक नल्याएसम्म संसद बैठक चल्न नदिने एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले बताएका छन्।

संसद छलेर गरिएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको कदमको रास्वपा र राप्रपाले विरोध गर्दै विधेयक फिर्ता नगरेसम्म संसद चल्न नदिने अडान राखेका छन्।

प्रकाशित: २१ जेठ २०८० १३:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =