लिङ्देनको प्रश्‍न- एउटा राष्ट्रपतिले रोकेको विधेयक अर्को राष्ट्रपतिले किन प्रमाणीकरण गरेको?

हिमाल प्रेस २५ जेठ २०८० १३:२८
4
SHARES
लिङ्देनको प्रश्‍न- एउटा राष्ट्रपतिले रोकेको विधेयक अर्को राष्ट्रपतिले किन प्रमाणीकरण गरेको?

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवम् सांसद राजेन्द्र लिङ्देनले नागरिकता विधेयक प्रमाणीकरणमा राष्ट्रपतिबाट त्रुटि भएको औंल्याएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

‘नेपाली नागरिकका छोराछोरीले नागरिकता पाउनु कुनै नौलो कुरा होइन। नेपाली नागरिकले नागरिकता पाउनुपर्छ, यसमा हाम्रो कुनै फरक मत छैन,’ उनले प्रश्न गरे, ‘राष्ट्रपति भनेको व्यक्ति होइन संस्था हो। त्यसैले अघिल्लो राष्ट्रपतिले रोकेर राखेको विधेयक अहिलेको राष्ट्रपतिले किन प्रमाणीकरण गर्नुभएको?’

उनले नागरिकता विधेयकमाथि कसैले राजनीति गर्न नहुने बताए। यस्तै उनले सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा सबै राजनीतिक दलको राय नलिई एकांगी ढंगले करको दर र दायरा बढाएको दाबी गरे।

‘होटल, पर्यटन र हवाई क्षेत्रमा सरकारले कर बढाएको छ। तर यसबाट सरकारले संकलन गर्ने राजस्व वृद्धि हुन्छ कि त्यसतर्फ जनताको आकर्षण घट्न गई सो क्षेत्रबाट हुने आम्दानी नै घट्न सक्छ। यसतर्फ सोचेर बजेट बनाइएको हो?, ‘ उनले प्रश्न गरे।

सरकारले विद्युतीय गाडीमा भन्सार दर घटाएर बिलासी गाडीमा भन्सार दर घटाएर उल्टो काम गरेको लिङ्देनले उल्लेख गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =