नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वमन्त्री खाण र शरणार्थी नेता रिजालसँग आज बयान

हिमाल प्रेस १९ जेठ २०८० ८:२९
14
SHARES
नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वमन्त्री खाण र शरणार्थी नेता रिजालसँग आज बयान फाइल तस्बिर।

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबार पूर्वगृहमन्त्री बालकृष्ण खाण र भुटानी शरणार्थी नेता टेकनाथ रिजालसँग बयान लिइने भएको छ। यस प्रकरणमा पक्राउ परेका १७ जनामध्ये १५ जनासँग जिल्ला अदालत काठमाडौँमा बयान सकिएको छ।

बिहीबार पूर्वउपप्रधानमन्त्री तथा एमालेका नेता टोपबहादुर रायमाझी, पूर्वसांसद आङटावा शेर्पा र हज समितिका अध्यक्ष शमशेर मियाँसँग बयान लिइएको थियो।

शुक्रबार पूर्वमन्त्री खाण र शरणार्थी नेता रिजालसँग बयान लिइने जिल्ला अदालत काठमाडौँले जनाएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीको बयान जेठ १२ गतेदेखि काठमाडौँ जिल्ला अदालतमा लिन थालिएको हो।

जेठ १० मा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दायर गरिसकेको छ।

उनीहरूविरुद्ध ठगी, किर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधको अभियोग लगाइएको छ। काठमाडौँ जिल्ला अदालतमा दर्ता गरिएको मुद्दामा अभियुक्तबाट कुल २८ करोड ८१ लाख रुपैयाँ बिगो दाबी गरिएको छ।

उक्त प्रकरणमा संलग्नताको आरोप लागेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थीलाई स्वदेशफिर्तीका लागि अभियान चलाइरहेका शरणार्थी नेता टेकनाथ रिजालसहित १७ जना प्रहरी हिरासतमा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =