माछा मार्ने क्रममा एक जनाको मृत्यु भएपछि सँगै गएका ३ जनाविरुद्ध मुद्दा दर्ता

हिमाल प्रेस १८ जेठ २०८० ८:३५
4
SHARES
माछा मार्ने क्रममा एक जनाको मृत्यु भएपछि सँगै गएका ३ जनाविरुद्ध मुद्दा दर्ता

तनहुँ– तनहुँमा ३ युवकविरुद्ध ज्यान कसुरसम्बन्धी मुद्दा दर्ता गरिएको छ। म्याग्दे गाउँपालिका-६ का २५ वर्षीय प्रेम कुमाल र २८ वर्षीय सन्तोष थापा तथा म्याग्दे-३ का २६ वर्षीय शुसन रानाविरुद्ध मुद्दा दर्ता गरिएको हो।

आइतबार म्याग्दे गाउँपालिका-६ अकलास्थित म्याग्दे खोलामा साथीहरूसँग करेन्ट लगाएर माछा मार्ने क्रममा म्याग्दे-६ का २१ वर्षीय विमल थापाको ज्यान गएको थियो। उनको मृत्यु भएपछि उक्त कार्यमा संलग्न ३ जनाविरुद्ध प्रहरीले ज्यान कसुरसम्बन्धी मुद्दा दर्ता गरेको हो। सोही दिन प्रहरीले ३ युवकलाई पक्राउ गरेको थियो।

प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहन खाणका अनुसार पक्राउ गरिएका ३ जनालाई तनहुँ जिल्ला अदालतमा उपस्थित गराई १० दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 1 =