सामसङ स्मार्टफोन मासिक किस्ताबन्दीमा किन्न सकिने

हिमाल प्रेस ६ असार २०८० १६:५० | Wednesday, June 21, 2023
सामसङ स्मार्टफोन मासिक किस्ताबन्दीमा किन्न सकिने

काठमाडौँ– सामसङले शून्य प्रतिशत ब्याजदर रहेको वित्तीय सुविधा उपलब्ध गराउने ‘इन्स्टा फाइनान्स’ कार्यक्रम सुरु गरेको छ।  सामसङ नेपालले हुलास फिन सर्भ (एचएफएल)सँगको सहकार्यमा इन्स्टा फाइनान्स सुविधा ल्याएको हो।

यो योजनामा ग्राहकले ब्याजदर बिना मासिक किस्ताबन्दीमा सामसङका स्मार्टफोन खरिद गर्न सक्नेछन्। किस्ताबन्दी योजना २५ हजार रुपैयाँभन्दा बढी मूल्यका स्मार्टफोनमा लागू हुनेछ।

सामसङले देशभरका २०० शोरुममा इन्स्टा फाइनान्सको सुविधा रहेको जनाएको छ। किस्ताबन्दीमा स्मार्टफोन खरिद गर्न चाहने ग्राहकले नागरिकताको प्रमाणपत्र, फोटो र आयास्रोत खुल्ने विवरण पेश गर्नुपर्नेछ। त्यसका साथै जमानीको नागरिकता पनि बुझाउनुपर्नेछ।

प्रकाशित: ६ असार २०८० १६:५० | Wednesday, June 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast