गौतम बुद्ध र पोखरा विमानस्थलबाट उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई सहुलियत दिइने

हिमाल प्रेस १५ जेठ २०८० १७:५५
10
SHARES
गौतम बुद्ध र पोखरा विमानस्थलबाट उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई सहुलियत दिइने

काठमाडौँ- सरकारले गौतम बुद्ध र पोखरा विमानस्थलबाट उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई सहुलियत दिने भएको छ।

‘गौतम बुद्ध र पोखरा विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन हुने व्यवस्था मिलाइनेछ। यी विमानस्थलमा उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई ग्राउन्ड ह्यान्डलिङ शुल्कमा सहुलियत दिइनेछ’, अर्थमन्त्री डा प्रकाशशरण महतले भने।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पेश भइरहेको छ। अर्थमन्त्री महतले बजेट पेश गरिरहेका हुन्।

त्यस्तै सरकारले काठमाडौं उपत्यका वरपरका पहाड तथा टाकुराहरुमा पर्यटन प्रवर्द्धन गर्न अभियान चलाइने अर्थमन्त्रीले जानकारी दिए।

प्रकाशित: १५ जेठ २०८० १७:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + five =