गगन-विश्वको सुझाव बजेटमा समावेश : अब बजेटका प्राथमिकता र सिद्धान्त फागुनमै ल्याइने

हिमाल प्रेस १५ जेठ २०८० १७:०९
10
SHARES
गगन-विश्वको सुझाव बजेटमा समावेश : अब बजेटका प्राथमिकता र सिद्धान्त फागुनमै ल्याइने आर्थिक वर्ष २०८०/०८१ को बजेट पेस गर्न संघीय संसद् भवन प्रवेश गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महत। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षदेखि विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त फागुन मसान्तभित्र संसद्‌मा पेस गर्ने भएको छ।सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले बजेट प्रणालीमा सुधार गर्ने बताएका हुन्।

उनले भने, ‘आगामी वर्षदेखि मन्त्रालयगत बजेट आएपछि विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त फागुन मसान्तभित्र संसदमा पेश गरिनेछ।’

यसबारे नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दिएको सुझाव दिएका थिए। ढिलोगरी आउने विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका कारण संसदमा पर्याप्त छलफल हुन नपाउनुका साथै सुझाव सरकारले ग्रहण गर्न नसकेको गुनासोसहित महामन्त्रीद्वयले अर्थ मन्त्रालयमै पुगेर कार्यतालिका बुझाएका थिए।

उनले संसदमा पर्याप्त छलफल गरी सांसदबाट प्राप्त मार्गदर्शन र सुझावका आधारमा यथार्थपरक बजेट बन्ने उनको विश्वास छ।

प्रकाशित: १५ जेठ २०८० १७:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =