विराटनगरमा बाहिर प्रदर्शन, भित्र संसद् बैठक : ६१ सेल अश्रुयास प्रहार

हिमाल प्रेस १४ जेठ २०८० १७:२४
10
SHARES
विराटनगरमा बाहिर प्रदर्शन, भित्र संसद् बैठक : ६१ सेल अश्रुयास प्रहार

इटहरी- विराटनगरस्थित कोशी प्रदेशसभा भवननजिक आइतबार दोहोरो झडप हुँदा कम्तीमा ५० जना घाइते भएका छन्। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार हालसम्मको प्राप्त विवरणअनुसार सुरक्षाकर्मीतर्फ ३८ र आन्दोलनकारीतर्फ १२ जना घाइते भएका छन्।

प्रदेशको नाम कोशी खारेज हुनुपर्ने र पहिचानका आधारमा पुनः नामकरण गरिनुपर्ने माग राख्दै पहिचान पक्षधरले प्रदेशसभा नजिकै उग्र प्रदर्शन गरेपछि दोरोहो झडप भएको हो। झडपमा परेर नेपाल प्रहरीका २३ जना र सशस्त्र प्रहरीका १५ जना घाइते भएका छन्। केहीको अवस्था गम्भीर रहेको बतएको छ।

घाइतेहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। स्थितिलाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीका तर्फबाट १६ राउण्ड हवाई फायर गरिएको छ। प्रदेशसभाको बजेट अधिवेशन आइतबार सुरु भएको छ। सोही कारण विराटनगरमा अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरिएको प्रशासनले जनाएको छ। अधिवेशन बोलाइएसँगै पहिचानका आधारमा प्रदेशको नामकरण हुनुपर्ने भन्दै आन्दोलनरत पार्टी र समूहले विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए।

फागुन १७ गते प्रदेश १ को नाम कोशी राखिएपछि त्यसको विरोधमा पहिचानवादीहरू सडकमा उत्रिएका थिए। आन्दोलनले उग्र रूप लिँदा एक जनाको ज्यान गएको थियो। आइतबार प्रदेशसभा नजिक माहोल भड्किने अवस्था बनेपछि हवाईफायर गर्नु परेको प्रहरी स्रोतले बताएको छ। त्यस क्रममा सुरक्षाकर्मीका तर्फबाट ६१ सेल अश्रुग्याससमेत प्रहार गरिएको थियो। पछिल्लो विवरण अनुसार नेपाली प्रहरीले ४४ र सशस्त्र प्रहरीले १७ सेल अश्रुग्यास प्रहार गरेको हो।

विराटनगर तनावग्रस्त : प्रहरीमाथि आक्रमण, केही पहिचानवादी पनि घाइते

 

प्रकाशित: १४ जेठ २०८० १७:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =