प्रहरीले अभियान चलाएपछि चोरी मुद्दाका ९७ जना पक्राउ

हिमाल प्रेस १० जेठ २०८० १९:३९
24
SHARES
प्रहरीले अभियान चलाएपछि चोरी मुद्दाका ९७ जना पक्राउ

जनकपुरधाम-  धनुषामा चोरीका घटना नियन्त्रण गर्न प्रहरीले अभियान चलाएको छ। प्रहरीले सादा पोशाकमा गस्ती टोली खटाएपछि चालु आर्थिक वर्ष २०७९/८०मा चोरी मुद्दाका ९७ जना पक्राउ परेका छन्।

चालु आर्थिक वर्षमा हालसम्म दर्ता भएका ९६ वटा चोरी मुद्दामा ९७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएकाे छ। धनुषाका घरहरूमा मोटरसाइकल, मोबाइल तथा दमकल चोरीलगायतका घटना हुने गरेका थिए।

त्यसपछि प्रहरी टाेली परिचालन गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए। उनका अनुसार चोरी घटनामा पक्राउ परे पनि मुद्दा दर्ता नभएपछि अभद्र व्यवहारमा ३ सय ३० वटा मुद्दा दर्ता गरिएको छ।

जसमा ४ सय जनालाई पक्राउ गरिएको उनले बताए । पक्राउ गरिएकामध्ये १ सय ३० जनालाई कारबाही समेत गरिएको उनले बताए। प्रहरी नायब उपरीक्षक गौतमका अनुसार चोरी मुद्दामा २५ जनालाई सिन्धुली कारागार, ९ जनालाई जलेश्वर कारागार र २ जनालाई झुम्का कारागार पठाइएको छ।

त्यस्तै अभद्र व्यवहार मुद्दाका ९३ जनालाई सिन्धुली कारागार र १ जनालाई जलेश्वर कारागार पठाइएको छ। यता जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न चोरी घटनामा संलग्न रहेको आरोपमा २७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

चोरी घटनामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेहरूमा जनकपुरधाम १२ का बलिराम मण्डल, सुनिल मुखिया, जनकपुरधाम १६ का सुशिल पंजियार, जनकपुरधाम २ का मुकेश साह, जनकपुरधाम ३ का दिवेन्द्र मण्डल, जनकपुरधाम १४ का रितेश गुप्ता, जनकपुरधाम १६ का रंजित दास रहेका छन्।

त्यस्तै जनकपुरधाम १० का नविनकुमार यादव, जनकपुरधाम  ४ का सोनुकुमार सहनी, जनकपुरधाम ८ का राजकुमार यादव, जनकपुरधाम १७ का संजिव राम, क्षिरेश्वरनाथ ५ का ईन्दल राम, जनकपुरधाम १४ का नारायण साह, जनकपुरधाम १७ का साजन मुखिया, जनकपुरधाम ६ का सलमान मंसुर, जनकपुरधाम ७ का ऐलुन खान, महोत्तरी ६का गुड्डु महतो, रामप्रवेश महतो, जनकपुरधाम २ का मुकेश गुप्ता पक्राउ परेका छन्।

प्रकाशित: १० जेठ २०८० १९:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 8 =