मनकामनामा सुन्तलाको स्तम्भ

हिमाल प्रेस १० जेठ २०८० ११:३६ | Wednesday, May 24, 2023
मनकामनामा सुन्तलाको स्तम्भ

गोरखा– सुन्तला उत्पादनका हिसाबले छुट्टै पहिचान रहेको गोरखाको मनकामनामा सुन्तलाको स्तम्भ स्थापना गरिएको छ। सहिद लखन गाउँपालिका-२ स्थित मनकामनाको ढाँटबारीमा सुन्तला खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सुन्तलाको स्तम्भ स्थापना गरिएको वडाध्यक्ष सकुन थापामगरले जानकारी दिए।

‘मनकामनाको सुन्तला ग्राहकको पहिलो रोजाइमा पर्छ,’ उनले भने, ‘सुन्तलाको पकेट क्षेत्रका रूपमा रहेको ढाँडबारी गाउँलाई सुन्तलाकै माध्यमबाट प्रचारप्रसार गरी कृषकलाई उत्पादनमा प्रोत्साहन गर्न स्तम्भ स्थापना गरिएको हो।’

मनकामना मन्दिरका कारण देशकै धार्मिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा रहेको मनकामना क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सुन्तलाको पनि पकेट क्षेत्रका रूपमा रहेको जानकारी गराउन स्तम्भ निर्माण गरिएको हो। स्तम्भ निर्माणले मनकामना क्षेत्रका किसानलाई सुन्तला खेती गर्न अझ बढी प्रोत्साहन मिल्ने वडाध्यक्ष थापामगरको भनाइ छ।

उद्योग वाणिज्य संघ मनकामना बजार एकाइले करिब ६ लाख रुपैयाँ लागतमा ढाँटबारीमा सुन्तलाको स्तम्भ निर्माण गरेको हो। स्थानीवासीले बसपार्कमा निःशुल्क उपलब्ध गराएको जग्गामा स्तम्भ निर्माण गरिएको वडाध्यक्ष थापामगरले बताए।

‘सुन्तलाको अझै उत्पादन बढाउन सके यहाँका किसानको आर्थिकस्तरमा थप वृद्धि गर्न सकिन्छ, त्यसका लागि कृषकलाई सुन्तला उत्पादनमा प्रोत्साहन गर्नु आवश्यक छ,’ उनले भने।

गोरखाको मनकामनास्थित ढाँटबारी क्षेत्रका किसानले वार्षिक करिब १ करोडभन्दा बढी मूल्यको सुन्तला बिक्री गर्दै आएका छन्। मनकामनाको सुन्तला अन्य क्षेत्रको स्वादिलो र रसिलो भएको विश्वास गरिएको छ।

ढाँटबारी गाउँलाई सुन्तलाको गाउँका रूपमा परिचित गराउने स्तम्भ निर्माण गरिएको गोरखा उद्योग वाणिज्य संघ मनकामना बजार एकाइका अध्यक्ष हरि श्रेष्ठले जानकारी दिए। नवनिर्मित स्तम्भको गोरखा उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष कृष्णकुमार श्रेष्ठ र वडाध्यक्ष थापामगरले संयुक्तरूपमा उद्घाटन गरे। -रासस

प्रकाशित: १० जेठ २०८० ११:३६ | Wednesday, May 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast