सांग्रिला डेभलपमेन्ट बैंक र चिरायु नेसनल हस्पिटलबीच सम्झौता

हिमाल प्रेस ७ जेठ २०८० २०:३३
2
SHARE
सांग्रिला डेभलपमेन्ट बैंक र चिरायु नेसनल हस्पिटलबीच सम्झौता

काठमाडौँ- सांग्रिला डेभलपमेन्ट बैंक र चिरायु नेसनल हस्पिटल तथा मेडिकल इन्टिस्टच्यूट प्रालिबीच सम्झौता गरिएको छ। आइतबार एक कार्यक्रमकाबीच दुईपक्षीय सम्झौता गरिएकाे हाे।

बैंकका ग्राहक, कर्मचारी र कर्मचारीका परिवारलाई हस्पिटलमार्फत सहन स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता गरिएको हो। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र हस्पिटलका निर्देशक संजिव राजभण्डारीले हस्ताक्षर गरेका छन्।

सम्झौतामा हस्पिटलले बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारलाई बेड चार्ज, डायग्लोस्टिक प्रोसिडर, फार्मेसी र हेल्थ प्याकेजलगायत सेवामा छुट दिने उल्लेख छ।

स्वास्थ्य चेकजाँचमा बैंकका ग्राहकलाई १५ प्रतिशत छुट दिइने पनि सम्झौतामा उल्लेख छ।

प्रकाशित: ७ जेठ २०८० २०:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 1 =