सांग्रिला डेभलपमेन्ट बैंकले साइकल र्‍याली गर्ने

हिमाल प्रेस १० जेठ २०८० १६:४१
2
SHARE
सांग्रिला डेभलपमेन्ट बैंकले साइकल र्‍याली गर्ने

काठमाडौँ- सांग्रिला डेभलपमेन्ट बैंकले साइकल र्‍याली गर्ने भएको छ। विश्व वातावरण दिवसको अवसरमा बैंकले आगामी जेठ २० गते साइकल र्‍याली गर्ने भएको हो।

त्यसका लागि डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालसँग सहकार्य गरिएको बैंकले जानकारी दिएको छ। ‘धेरै सहभागिता जुटाई बृहत् रूपमा सम्पन्न गर्ने लक्ष्यले दोस्रोे ‘साइकल र्‍याली, २०८०’को आयोजना गर्न लागेको हो,’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘इन्धन जोगाऔं, पृथ्वी बचाऔँ’ भन्ने मूल नाराका साथ आह्वान गरिएको यो साइकल र्‍यालीमा बैंकका कर्मचारी, गाहकवर्ग, शेयरधनी एवं यस बैंकप्रति सद्भाव राख्ने सम्पूर्ण शुभेच्छुकको उत्साहजनक सहभागिता हुनेछ।’

साइकल र्‍याली जेठ २० गते शनिबार बिहान ७ बजे बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालयको प्रांगणबाट सुरु हुने छ। करिब १० किमीको यात्रा गरीसानो गौचरणमा समापन हुने बैंकको भनाइ छ।

प्रकाशित: १० जेठ २०८० १६:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 6 =