सांग्रिला डेभलपमेन्ट बैंक र एएसजी आइकेयरबीच सम्झौता

हिमाल प्रेस १५ जेठ २०८० १५:१४
2
SHARE
सांग्रिला डेभलपमेन्ट बैंक र एएसजी आइकेयरबीच सम्झौता

काठमाडौँ- सांग्रिला डेभलपमेन्ट बैंक र एएसजी आइकेयर एन्ड हेल्थ सर्भिसबीच सम्झौता गरिएको छ। बैंकका ग्राहक, कर्मचारी र कर्मचारीका परिवारलाई एएसजी आइकेयरका स्वास्थ्य सेवाहरू सुलभमा उपलब्ध गराउने गरी दुई संस्थाबीच सम्झौता गरिएको हो।

सम्झौतामा बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र एएसजी आइकेयरका निर्देशक डा. सबिन ढकालले हस्ताक्षर गरे।

सम्झौताअनुसार बैंकका ग्राहक, कर्मचारी र कर्मचारीका परिवारलाई आँखासम्बन्धी ओपीडी प्याकेजलगायतमा छुट दिइनेछ। साथै आँखा चेकजाँचमा १० प्रतिशत छुट दिइने पनि सम्झौतामा उल्लेख छ।

प्रकाशित: १५ जेठ २०८० १५:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 8 =