‘बाटोः रोड टु डेथ’को ट्रेलर अंग्रेजीमा पनि

हिमाल प्रेस ७ जेठ २०८० ११:४९
4
SHARES
‘बाटोः रोड टु डेथ’को ट्रेलर अंग्रेजीमा पनि

काठमाडौँ- फिल्म ‘बाटोः रोड टु डेथ’को ट्रेलर अंग्रेजी भाषामा पनि सार्वजनिक गरिएको छ। यसअघि नेपाली भाषामा सार्वजनिक गरिएको ट्रेलरमा सकारात्मक प्रतिक्रिया आएपछि अंग्रेजीमा पनि सार्वजनिक गरिएको निर्माण टिमले जनाएको छ।

थ्रिलर जनरामा बनेको फिल्म मदन थापाको लेखन, सम्पादन र निर्देशनमा बनेको छ।

फिल्ममा कलाकार मिथिला शर्मा, अशान्त शर्मा, पशुपति राई, उप्पल झा, रक्षा थापा, सुरक्क्षण भारती, विजय आनन्द ताम्राकार, राजेन थापा, आभास अधिकारी, गणेश उपाध्याय, किरण शाहीको अभिनय छ।

काठमाडौँ फिल्मस्‌को ब्यानरमा बनेको फिल्मका निर्माता चन्दन झा हुन्। फिल्मको छायांकन शरण ऋषिले गरेका हुन्।

प्रकाशित: ७ जेठ २०८० ११:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =