प्रधानमन्त्रीको भारत भ्रमणको तयारी गर्दै सरकार

हिमाल प्रेस ५ जेठ २०८० १७:२६
14
SHARES
प्रधानमन्त्रीको भारत भ्रमणको तयारी गर्दै सरकार

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुई सातापछि भारत भ्रमणमा जाने गरी सरकारले तयारी अघि बढाएको छ। उनी आगामी जेठ १७ देखि २० सम्म भारत भ्रमण हुनसक्ने भएकाले त्यसको तयारी परराष्ट्र मन्त्रालयले अघि बढाएको छ।

भारत भ्रमणलाई लक्षित गरेर परराष्ट्रमन्त्री एनपी साउद सरोकारवालाहरुसँग छलफल अघि बढेको हो। उनले पूर्व परराष्ट्रमन्त्री, पूर्व राजदूत र विज्ञहरुसँग फरक फरक छलफल गरिरहेका छन्।

जेठ तेस्रो साता हुने सम्भावना रहेको भ्रमणलाई लक्षित गरेर उनले पूर्व परराष्ट्रमन्त्रीहरु, पूर्वराजदूतहरु र पूर्व सचिवहरुसँग छलफल तीव्र पारेका हुन्। परराष्ट्रमन्त्री साउदले शुक्रबार प्रधानमन्त्री प्रचण्डको भ्रमणका विषयमा पूर्व परराष्ट्रमन्त्रीहरुसँग छलफल गरेका छन्।

परराष्ट्र मन्त्रालयमा भएको छलफलमा पूर्व परराष्ट्रमन्त्रीहरु सुजाता कोइराला, रघुवीर महासेठ, डा. प्रकाशचन्द्र लोहनी र डा. भेषबहादुर थापा सहभागी थिए। उनीहरुले भारत भ्रमणको क्रममा पुराना भएका सम्झौतालाइृ अघि बढाउने र नेपालमा परियोजनालाई प्राथमिकतामा राखेर समस्या समाधान गर्ने पाटोमा लाग्न समेत आग्रह गरेका थिए।
नेपाल र भारतका आठ प्रवुद्ध ब्यक्तिहरु मिलेर बनाएको प्रतिवेदनको आधारमा अडेर छलफल अघि बढाएमा पनि धेरै काम सल्टिने सुझाव साउदलाई दिएका छन्। पूर्व परराष्ट्रमन्त्रीहरुसँग प्रधानमान्त्रीको भारत भ्रमणका क्रममा नेपालका तर्फबाट उठाउनु पर्ने विषयवस्तुका बारेमा छलफल गरिएको परराष्ट्रमन्त्री साउदले जानकारी दिए।

उनले व्यापार, वाणिज्य, जलस्रोत, सिमाना, पारवहन, पर्यटन तथा सांस्कृतिक सम्बन्धसँगै जनस्तरको सम्बन्धबारे छलफल भएको पनि बताए। उनीहरु मध्ये कतिपयले सामाजिक स१जालमा नै लेखेर समेत सुझाएका छन्।

यहाँ एक प्रकारको गफ गर्ने तर उता केही पहल नगनेृ गरेको विषय रहेको पनि जनाउँदै त्यसो नगर्न पनि आग्रह गरिउको छ। परराष्ट्र मन्त्री साउदले यसअघि बिहीबार पूर्वराजदूत र पूर्वसचिवहरुसँग छलफल गरेका थिए।

उक्त छलफलमा पूर्वराजदूतद्वय डा. लोकराज बराल, डा. दिनेश भट्टराई तथा पूर्वसचिवहरु दुर्गा भट्टराई, मधुरमण आचार्य, डा.मदनकुमार भट्टराईसँग छलफल गरिएको पनि जनाइएको छ।

प्रकाशित: ५ जेठ २०८० १७:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 1 =