विवादमा आउने गरी बजेटमा कर निर्धारण नगरियोस् : लेखक

हिमाल प्रेस ३ जेठ २०८० १५:५८
2
SHARE
विवादमा आउने गरी बजेटमा कर निर्धारण नगरियोस् : लेखक कांग्रेस प्रमुख सचेतक रमेश लेखक

काठमाडौँ- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सुदूरपश्चिम सरकारले बजेट निर्माणका क्रममा कर निर्धाण गर्दा विशेष ध्यान दिनुपर्ने बताएका छन्।

प्रदेश सरकारले बजेट निर्माणका लागि सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने संघीय सांसदसँग सुझाव माग्न आयोजना गरिएको कार्यक्रममा उनले कर निर्धाण गर्दा विशेष ध्यान दिनुपर्ने बताएका हुन्।

करका दर हेरफेर बजेटको अन्तिम समयसम्म गोप्य राख्नुपर्ने भन्दै उनले करको विषयमा धेरै विवाद नआउने गरी निर्धारण हुनुपर्ने बताए। ‘करको विषयमा धेरै विवाद आउने गर्छ,’ उनले भने, ‘करको दर निर्धारण गर्दा विशेष शतर्कता अपनाउनुपर्छ।’

कर निर्धारणको विषय संघीय सरकारको बजेट विवादमा आउने गरेकाले प्रदेशमा पनि सर्न सक्ने उनको भनाइ थियो। प्रदेश सरकारले मन्त्रालयको नाममा बजेट विनियोजन गर्ने तर मन्त्रालयले कार्यान्वयन नगर्ने अवस्था देखिएकाले त्यस्तो नगर्न लेखकले आग्रह गरे।

प्रकाशित: ३ जेठ २०८० १५:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 16 =