शिक्षक सेवा आयोगको लापरबाही, काठमाडौँ रोजेका उम्मेदवारको आवेदन रद्द

हिमाल प्रेस ३ जेठ २०८० १५:२४
358
SHARES
शिक्षक सेवा आयोगको लापरबाही, काठमाडौँ रोजेका उम्मेदवारको आवेदन रद्द

काठमाडौँ- शिक्षक सेवा आयोगको लापरबाहीका कारण प्राथमिक तह (प्रावि) को परीक्षाका लागि काठमाडौँ जिल्ला रोजेका उम्मेदवारको दरखास्त रद्द भएको छ। आयोगले दरबन्दी नै नभएको काठमाडौँ जिल्ला समेटेर चैत ९ गते दरखास्त आह्वान गरेको थियो।

सोहीअनुसार कतिपय उम्मेदवारले काठमाडौँ रोजेर फाराम भरेका थिए। तर आयोगले अहिले प्राविधिक त्रुटिका कारण भन्दै फाराम सच्याउन आग्रह गरेको छ। यसले गर्दा फाराम भरेर परीक्षाको तयारीमा रहेका उम्मेदवार मर्कामा परेका छन्। उनीहरू फाराम सच्याउनका लागि फेरि आयोगमा उपस्थित हुनुपर्ने भएको छ।

काठमाडौँ जिल्ला रोजेर फाराम भरेका उम्मेदवारले सच्याएर अर्को जिल्ला नरोजेमा उनीहरू परीक्षामा सहभागी हुन नपाउने आयोगको बुधबार जारी सूचनामा उल्लेख छ।

सूचनामा गत चैत ९ गते खुलाएको शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षामा काठमाडौँ जिल्लाका लागि विज्ञापन प्रकाशन नभएको स्पष्ट पारिएको छ।

आयोगले  केही उम्मेदवारले अनलाइन दरखास्त फाराम भरेको देखिन आएकाले त्यस्ता उम्मेदवारहरूलाई काठमाडौँ जिल्लाबाहेक अन्य विज्ञापित जिल्लाबाट उम्मेदवार बन्न अनुरोध गरेको छ।

अन्य जिल्लाबाट उम्मेदवार बन्न चाहेमा जेठ ९ गते कार्यालय समयभित्र सम्बन्धित उम्मेदवार स्वयम् उपस्थित भई प्रिन्ट गरेको प्रवेशपत्रसहित आयोगमा निवेदन दिन सूचित गरिएको छ।

जिल्ला परिवर्तन नगर्ने उम्मेदवार परीक्षामा सहभागी हुन नपाउने आयोगको सूचनामा उल्लेख छ। आयोगले भनेको छ, ‘अन्यथा यस विषयमा कुनै कारबाही व्यहोरासमेत सूचित गरिन्छ।’

प्रकाशित: ३ जेठ २०८० १५:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − nine =