सांसद बलायरको प्रश्न : अन्त आउने भूकम्प र सुदूरपश्चिममा आउने भूकम्प फरक छ?

हिमाल प्रेस १ जेठ २०८० १४:३४
148
SHARES
सांसद बलायरको प्रश्न : अन्त आउने भूकम्प र सुदूरपश्चिममा आउने भूकम्प फरक छ? फाइल तस्बिर

काठमाडौँ- पछिल्लो समय सुदूरपश्चिचम प्रदेशका विभिन्न जिल्लामा लगातार भूकम्प गएको त्यसले पुर्‍याएको क्षतिबारे सरकारको ध्यानाकर्षण गराएका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले डोटी भूकम्प पीडितलाई सरकारले राहत उपलब्ध नगराएको भन्दै ध्यानाकर्षण गराएका हुन्।

‘देशमा आउने भूकम्प र सुदूरपश्चिममा आउने भूकम्प फरक छ?,’ उनले प्रश्न गर्दै भने, ‘अहिलेसम्म डोटीका भूकम्प पीडित घरबार बिहीन भएका छन्। सरकारले जवाफ दिनुपर्दैन?’ डोटीमा गत कात्तिक २२ गते भूकम्प गएको थियो।

त्यस्तै उनले देशको ६ वटा प्रदेशको राजधानी बनिसककेको तर सुदूरपश्चिमलाई राजधानी बनाउन केन्द्र सरकारले भोगाधिकार नदिएको भन्दै आपत्ति जनाए। उनले गेटामेडिकल कलेजलाई तत्काल सञ्चालन गर्न पनि सरकारलाई आग्रह गरे।

प्रकाशित: १ जेठ २०८० १४:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =