संसद्‌मा कांग्रेसका वीरबहादुरलाई सभामुखले बोल्दाबोल्दै किन रोकिदिए?

हिमाल प्रेस २४ चैत २०७९ १३:४६
40
SHARES
संसद्‌मा कांग्रेसका वीरबहादुरलाई सभामुखले बोल्दाबोल्दै किन रोकिदिए? फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभाको शुक्रबारको बैठकको आकस्मिक समयमा बोलिरहेका नेपाली कांग्रेसका सांसद् वीरवहादुर बलायरलाई बोल्दा बोल्दै भनाइ टुंग्याउन अनुरोध गरेर माइक काटिदिएका छन्।

संसद्को आकस्मिक समयमा उठाएको विषय प्रतिनिधिसभाको नियमावलीअनुसार नभएको भन्दै उनले बलायरलाई भनाइ टुंग्याउन भनेका हुन्। बलायरले सुदूरपश्चिम प्रदेशको राजधानीको विषय टुंगिसकेको तर अहिलेसम्म केन्द्र सरकारले भोगाधिकार नदिएकोबारे ध्यानाकर्षण गराएका थिए।

तर, आकस्मिक समयमा अघिल्लो बैठक र आजको बैठकको सन्दर्भ वा विषय मात्र उठान गर्न पाइने भएकोले सभामुखले उनलाई रोकेका हुन्।

प्रकाशित: २४ चैत २०७९ १३:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =