संसद् बैठकमा टि-सर्ट र जिन्स लगाउन नपाउने नियमप्रति सांसद सुमनाको विराेध

हिमाल प्रेस १ जेठ २०८० १४:१४
10
SHARES
संसद् बैठकमा टि-सर्ट र जिन्स लगाउन नपाउने नियमप्रति सांसद सुमनाको विराेध

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसद् बैठकमा जिन्स र पाइन्टलाई अमर्यादित पोसाक भनेर हटाएकोमा विरोध गरेकी छन्।

उनले परिवतर्नकारी शक्तिलाई प्रगतिशिल, लोकतन्त्रवादी शक्तिलगायतका नाममा रास्वपालाई कमजोर बनाउन खोजेको बताएकी छन्।

‘पहिरनमा खोट देखाएर हामीलाई कमजोर बनाउन सक्नुहुन्न। सक्दै त सक्नु हुन्न।’ उनले भनिन्,‘यस्तो भन्नेलाई विश्वस्त पार्न चाहन्छु कि हामी पहिरनमा होइन कर्तव्यमा पहिचान खोजिरहेका छौँ।’

गत आइतबारबाट टिसर्ट र जिन्स लगाउन नपाउने नियम प्रतिनिधिसभाले बनाएको थियो।

केही दिनअघिको बैठकमा सांसद श्रेष्ठले जिन्स र टिसर्ट लगाएपछि सामाजिक सञ्जालमा समेत विरोध भएको थियो। यही विषयलाई लिएर श्रेष्ठले आजको बैठकमा विरोध गरेकी हुन्।

प्रकाशित: १ जेठ २०८० १४:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + nine =