विद्यालय शिक्षा विधेयक हरेक प्रदेशमा छलफलमा लैजानुपर्छ : शिक्षामन्त्री श्रेष्ठ

हिमाल प्रेस २३ फागुन २०८० २२:५८
2.0k
SHARES
विद्यालय शिक्षा विधेयक हरेक प्रदेशमा छलफलमा लैजानुपर्छ : शिक्षामन्त्री श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ।

काठमाडौँ– नवनियुक्त शिक्षामन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षासँग सम्बन्धित विधेयकलाई प्रदेश तहसम्म बृहत् छलफलमा लैजानुपर्नेमा जोड दिएकी छन्। मन्त्री श्रेष्ठले बुधबार साँझ मन्त्रालयमा कार्यभार सम्हालेपछि सञ्चारकर्मीसँगको कुराकानीमा उक्त कुरा बताएकी हुन्। उनले भनिन्, ‘संसदीय समितिका सभापति मन्त्री हुनुभएको छ। अब नयाँ सभापति जो हुनुहुनेछ, उहाँले त्यहीअनुरुप बृहत् छलफलमा लैजानुहुनेछ। विधेयक हरेक प्रदेशमा छलफलमा लैजानुपर्छ।’ विधेयकमा जनताको आवाज समेटिनुपर्ने श्रेष्ठले बताइन्।

मन्त्री श्रेष्ठले मुलुकका ११ वटै विश्वविद्यालयका कुलपतिमा प्रधानमन्त्री र सहकुलपतिमा शिक्षामन्त्री पदेन रहने विद्यमान व्यवस्था हटाई विज्ञहरूलाई राख्न सम्बन्धित कानुनमा संशोधनको प्रक्रिया अघि बढाइने बताइन्।
उनले नेपाली युवालाई स्वदेशमै सहजरुपमा गुणस्तरीय शिक्षा दिन र विश्वविद्यालयमा हुने राजनीतिकरण रोक्न मौजुदा कानुनमा संशोधनको प्रारम्भिक काम गर्न निर्देशन दिइन्। श्रेष्ठले युवाहरु उच्च शिक्षाका लागि किन विदेश जान्छन् भन्ने विषयमा सर्वेक्षण गरी नीतिगत निर्णय लिने, शिक्षामा सुधार गर्न तथा अन्य सवालमा मन्त्रालयका अधिकारीसँग छलफल गरी प्राथमिकताका विषय तय गर्ने जानकारी दिइन्।

प्रकाशित: २३ फागुन २०८० २२:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =