नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका जोकोही कारबाहीको दायरामा आउँछन् : शेखर कोइराला

हिमाल प्रेस २७ वैशाख २०८० ११:३२
4
SHARES
नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका जोकोही कारबाहीको दायरामा आउँछन् : शेखर कोइराला फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका जोकोही कारबाहीको दायरामा आउने बताएका छन्।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नक्कली शरणार्थीको विषय राष्ट्रियस्तरमा मात्रै नभएर अन्तर्राष्ट्रिय हिसाबले पनि जोडिएकाले अनुसन्धान प्रभावित पार्ने कुनै सम्भावना नरहेको दाबी गरे।

‘यो त नक्कली शरणार्थीको इस्यु, देशको लागि पनि लज्जास्पद कुरा हो। प्रहरी प्रशासनले अनुसन्धान गरिरहेको छ । त्यो रोकिन्छ जस्तो मलाई लाग्दैन। किनभने यो राजनीतिक वृत्तमा राष्ट्रिय रूपमा आइसक्यो र यो अन्तर्राष्ट्रिय स्तरमा पनि गइसकेको छ’, उनले भने, ‘शरणार्थीलाई अमेरिका पठाउने भनिसकेपछि उनीहरू पनि सशंकित हुन्छन् नि यो के भइरहेको छ नेपालमा भनेर । त्यस कारण यो रोकिन्छ भन्ने मलाई चाहिँ विश्वास लाग्दैन।’

आजसम्म प्रहरीले अनुसन्धान गरिरहेको छ भने गरेको भन्नु पर्ने कोइरालाले बताए।

‘जो–जो दोषी हो उनीहरू त कारबाहीमा पर्नुपर्छ। गलत काम भएको छ। उनीहरुले कारबाहीको भागिदार बन्नुपर्छ,’ उनले भने, ‘तीन जना नेताले छलफल गरे, दुई जना नेताले बसेर छलफल गरेको विषयमा आएका समाचार हामीले पनि पढेका छौँ। उहाँहरूले जे सुकै कुरा गरेपनि यो नक्कली शरणार्थीको विषय अन्तर्राष्ट्रियकरण भइसकेको छ । त्यस कारण त्यति सजिलो गरी प्रहरी प्रशासन पनि ब्याक हुन सक्दैन।’

प्रकाशित: २७ वैशाख २०८० ११:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =