बजेटमार्फत ‘लगानी वर्ष’ घोषणा गर्न माग

हिमाल प्रेस २६ वैशाख २०८० २०:२१
4
SHARES
बजेटमार्फत ‘लगानी वर्ष’ घोषणा गर्न माग

काठमाडौँ- नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत आगामी ५ वर्षलाई ‘लगानी वर्ष’ घोषणा गर्न माग गरेको छ। ‘मन्दीदेखि समृद्धि, लगानीमा अभिवृद्धि’ विषयमा केन्द्रित भएर आगामी आर्थिक वर्षको बजेटका लागि अर्थमन्त्री डा. प्रकाशशरण महतलाई सुझाव दिँदै उक्त माग गरेको हो।

परिसंघले मुुलुकलाई आर्थिक मन्दीबाट उकास्न लगानीमैत्री बजेट ल्याउन माग गर्दै त्यसका लागि गरिनुपर्ने व्यवस्थासहितका सुझाव अर्थमन्त्रीलाई दिएको छ। बजेट सुझाव हस्तान्तरण गर्दै परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले अर्थतन्त्रमा मन्दी आएकाले यस लाई उकास्न सरकारी तथा निजी क्षेत्रबाट व्यापक लगानी बढाउन आवश्यक रहेकाले आगामी पाँच वर्षलाई लगानी वर्ष घोषणा गर्न माग गरे।

आगामी ५ वर्षलाई लगानी वर्ष घोषणा गरी सोहीअनुसार बजेट ल्याउनुपर्ने उनको भनाइ थियो। परिसंघले औद्योगीकरण, निर्यात प्रवर्द्धन तथा आयात प्रतिस्थापन, स्वदेशी उत्पादन प्रवद्र्धन एवं बजार नियमन, पूर्वाधार विकास, नवप्रवर्तन, घरेलु, साना तथा मझौला उद्योग, व्यवसाय, ऊर्जा, पर्यटन, सूचनाप्रविधि, कृषि तथा जडिबुटी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर आगामी बजेट ल्याइनुपर्ने उनले बताए।

अर्थमन्त्री डा. महतले उद्योग व्यवसाय प्रवद्र्धन गर्न लगानीको वातावरण बनाउन आवश्यक रहेको बताउँदै प्राप्त सुझावहरूको गहन अध्ययन गरी बजेटमा समावेश गर्न प्रयास गर्ने बताए।

प्रकाशित: २६ वैशाख २०८० २०:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =