एमालेले भ्रष्टाचारीलाई जोगाउँदैन : अध्यक्ष ओली

हिमाल प्रेस २५ वैशाख २०८० २२:००
6
SHARES
एमालेले भ्रष्टाचारीलाई जोगाउँदैन : अध्यक्ष ओली

काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले भ्रष्टाचारीलाई जोगाउने पक्षमा आफू नरहेको बताएका छन्। राष्ट्रिय युवा संघ नेपालको बैठकलाई सोमबार सम्बोधन गर्दै उनले एमालेले कसैको पनि दोषको ढाकछोप नगर्ने बताएका हुन्।

‘एमालेले कसैको पनि दोष र अपराधलाई ढाकछोप गर्दैन,’ उनले भने, ‘कोही पनि दोषीलाई एमालेले बचाउ गर्दैन र भ्रष्टाचार कसैले गर्छ भने जान्छ। व्यक्तिगत भ्रष्टाचारलाई एमाले पनि समर्थन गर्दैन।’

उनले एमालेविरुद्ध षड्यन्त्र भएमा त्यसको मुकाबिला गर्न आफू तयार रहेको पनि बताए। अध्यक्ष ओलीले भ्रष्टाचारको मुद्दामा प्रमाणले तानिनुपर्ने भन्दै केही दिनअघि गिरफ्तार भए पनि मान्छेलाई किन छाडियो भनेर प्रश्न गरे।

नक्कली भुटानी शरणार्थीका सम्बन्धमा प्रहरीलाई निष्पक्ष छानबिन गर्न दिनुपर्ने उनको भनाइ थियो। ‘दोषीलाई न्यायको कठघरामा उभ्याउनुपर्दछ,’ उनले भने, ‘निर्दोषलाई फसाउने कोसिस गर्नुहुँदैन।’ रासस

प्रकाशित: २५ वैशाख २०८० २२:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 15 =