आजको मौसम : हल्का वर्षको सम्भावना

हिमाल प्रेस २५ वैशाख २०८० ७:००
2
SHARE
आजको मौसम : हल्का वर्षको सम्भावना फाइल तस्बिर।

काठमाडौँ- हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भूभागका एक/दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको तराईका भूभागमा सामान्य हावाहुरीको सम्भावना रहेको छ। मंगलबार पनि देशको पहाडी भूभागका आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक/दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानहरूमा सामान्य हावाहुरीको सम्भावना रहेको छ।

प्रकाशित: २५ वैशाख २०८० ७:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =