सांसद अमरेशकुमार सिंहको प्रश्न : कर्मचारी थुनामा हुने मन्त्री चोखो हुन्छ ?

हिमाल प्रेस २४ वैशाख २०८० १६:५२
20
SHARES
सांसद अमरेशकुमार सिंहको प्रश्न : कर्मचारी थुनामा हुने मन्त्री चोखो हुन्छ ?

काठमाडौँ- स्वतन्त्र सांसद् अमरेश सिंहले सबै भ्रष्टाचारका लागि सर्वदलीय छानबिन समिति गठन गर्न आग्रह गरेका छन्। संसदमा बोल्दै उनले नेता उम्किने र कर्मचारी फसाउने काम भएको बताए।

‘सर्वदलीय भ्रष्टाचार भइरहेको छ। कर्मचारी फसाउने काम भइरहेको छ। जस्तै: सुडान घोटलामा तीन जना आईजी जेल गए,’ उनले भने, ‘अरु नेता चोखो भए। मसँग डकुमेन्ट छ। मुख्य सचिवको साइन छ। अडियो आइरहेको छ। बहालवाल सचिव थुनामा छ, मन्त्री कसरी चोखो हुन्छ?’

भारतमा रेल दुर्घटना हुँदा लालबहादुर शास्त्रीले राजीनामा दिएको बताउँदै उनले रेल चलाएर नभएर नैतिकताका आधारमा राजीनामा दिएको बताए।

उनले भुटानी शरणार्थीका साथै अन्य भ्रष्टाचारकाका लागि अधिकार सम्पन्न छानविन आयोग गठन गर्न माग गरेका छन्। सिंह पछिल्लो समय भ्रष्टाचारको विषयमा वकालत गर्दै आइरहेका छन्।

प्रकाशित: २४ वैशाख २०८० १६:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 11 =