ओलीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले भने- भ्रष्टाचारीलाई कारबाही हुन्छ

हिमाल प्रेस २३ वैशाख २०८० १४:३०
6
SHARES
ओलीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले भने- भ्रष्टाचारीलाई कारबाही हुन्छ फाइल तस्बिर।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारीलाई कानुनअनुसार कारबाही गरिने बताएका छन्। शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग प्रचण्डले भ्रष्टाचारीलाई कारबाही गर्न सरकार दृढ रहेको बताएका हुन्।

भ्रष्टाचारविरुद्धको सरकारको अभियान नरोकिने उनको भनाइ थियो। भ्रष्टाचारविरुद्धको अभियान प्रक्रिया र पद्धतिअनुसार अघि बढ्ने उनले बताए।

दोषी नछुटाउने र निर्दोष नफस्ने गरी सरकारले काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे। ‘भ्रष्टाचारीमाथि कारबाही गरिने अभियान रोकिँदैन, प्रक्रिया, पद्धतिअनुसार दृढताका साथ अघि जान्छ,’ उनले भने, ‘दोषी कोही नछुटुन्, निर्दोष कोही नपरुन् भन्ने मान्यताबाट हामी अघि बढ्छौँ। म दबाबमा पर्दिन, कारबाही अघि बढ्छ।’

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली छलफल जारी

प्रकाशित: २३ वैशाख २०८० १४:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 7 =