किरण खरेललाई २ लाख राशिको ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’

हिमाल प्रेस २३ वैशाख २०८० १३:४७
178
SHARES
किरण खरेललाई २ लाख राशिको ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’

पोखरा- गीतकार किरण खरेल ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’ बाट सम्मानित भएका छन्। शनिबार आयोजित समारोहमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई सो पुरस्कार अर्पण गरे।

नेपाली राष्ट्रगानका संगीतकार अम्बर गुरुङको योगदानक चिरस्थायी बनाउने उद्देश्यले पोखरेली युवा सांस्कृतिक परिवारले उनको नाममा राष्ट्रिय संगीत कोष स्थापना गरी पहिलो पल्ट खरेललाई पुस्कृत गरेको हो।

संस्थाका अध्यक्ष उपेन्द्र पौडेलले हाल १८ लाख अक्षयकोषमा जम्मा भैसकेको बताए। नेपाली संगीत क्षेत्रकै सबैभन्दा ठूलो पुरस्कार भएको आयोजकको दाबी छ।

फिल्म ‘माइतीघर’ को यो हो मेरो प्राणभन्दा प्यारो गीतका रचयिता किरणले सयभन्दा बढी फिल्ममा गीत लेखिसकेका छन्।

१९९५ सालमा काभ्रेपलाञ्चोका खरेलथोकमा जन्मिएका उनले १९ वर्षको छँदा २०१४ सालमा ‘ए दूरका सितारा’ गीत रेकर्ड गराएका उनका ४ गीतिसंग्रह प्रकाशित छन्। पोखरामा शनिबार नै ‘ए दूरका सितारा’ संग्रह विमोचन भयो।

‘जिन्दगीलाई जित होइन हारले स्वागत गरी’, ‘नमान लाज यसरी’, ‘वनमा फुल्यो फूलैफूल’, ‘लुकुँ लुकुँ लाग्यो मलाई बादल जस्तो त्यो कालो केशमा’, कसले चो¥यो मेरो मन, मन्दिरमा छ कि मूर्तिमा माया, हिमालको काखमा छ सानो मेरो गाउँ लगायत गीत उनैले लेखेका हुन् ।

पुरस्कार ग्रहण गर्दै ८५ वर्षीय गीतकार किरण खरेलले, ‘नेपाली गीतसंगीतका धरोहर अम्बर गुरुङको सुकिलो योगदानको चहकिलो सम्मान’ हो भने । पहिलो पटक नै पुरस्कारका लागि आफूलाई योग्य ठानेकोमा आभार व्यक्त गर्दै उनले यो अविष्मरणीय र गौरवको क्षण भएको बताए ।

साहित्यकार सरुभक्तले किरणले परम्परागत गीति लेखनको मानक भत्काएको बताए । गीतमा आधुनिकताको प्रयोगको सुरुआत उनैबाट सुरु भएको उनी बताउँछन्,
संस्कृतिकर्मी तीर्थ श्रेष्ठले अम्बर गुरुङलाई गीतसंगीतको ‘सगरमाथा’ भनी चिनाए।

कार्यक्रममा प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, अम्बर गुरुङका सुपुत्र राजु गुरुङ, पोयुसाप सचिव डा. चैतन्य अधिकारीले अम्बर गुरुङको नाममा स्थापित पुरस्कार किरण खरेललाई अर्पण गर्दा पुरस्कार आफैंमा पुरस्कृत भएको उल्लेख गरे। २०३४ सालमा स्थापित पोखरेली युवा सांस्कृतिक परिवार नेपाली साहित्य, संगीत र कला क्षेत्रमा क्रियाशील छ।

प्रकाशित: २३ वैशाख २०८० १३:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − six =