बजेट अधिवेशन आइतबारदेखि

हिमाल प्रेस २३ वैशाख २०८० ७:४२
6
SHARES
बजेट अधिवेशन आइतबारदेखि फाइल तस्बिर

काठमाडौँ- संघीय संसद्को बजेट अधिवेशन आइतबार(भोलि)देखि  सुरु हुँदैछ। दुवै सदनको बैठक भोलि बस्दैछ।

मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बजेट अधिवेशन आव्हान गरेका हुन्।

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक दिउँसो ४ बजे बस्ने संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिएका छन्। अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको उनले बताए ।

आगामी जेठ १५ गते आउने आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा सो अघि आउने नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकमा प्रारम्भिक छलफल हुनेछ।

प्रकाशित: २३ वैशाख २०८० ७:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − six =