प्रतिपक्ष कस्तो हुन्छ भनेर हामी देखाउँछौँ : रवि लामिछाने

हिमाल प्रेस २२ वैशाख २०८० २०:२५
42
SHARES
प्रतिपक्ष कस्तो हुन्छ भनेर हामी देखाउँछौँ : रवि लामिछाने

काठमाडौँ- आजमात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद्‌मा प्रतिपक्षी पक्ष दल कस्तो हुने भनेर अब देखाउने बताएको छ।

उक्त पार्टीका सभापतिसमेत रहेका संसदीय दलका नेता रवि लामिछानेले भने, ‘हामीले जनभावना र जनमतको कदर गर्नु पर्ने हुन्छ। यो पटकको उपनिर्वाचनले हामीलाई दिएको म्यान्डेट र अधिकांश शुभचिन्तकको चाहना यही थियो कि सशक्त प्रतिपक्षको रूपमा भूमिका निर्वाह र पार्टी संगठनलाई सशक्त बनाएर लानुपर्ने हामीलई म्यान्डेट प्राप्त भयो। त्यही अनुरूप हामी अगाडि बढ्छौँ। प्रतिपक्ष कस्तो हुन्छ भनेर हामी देखाउँछौँ।’

सरकारको काम गर्ने लक्षणहरू सकरात्मक नरहेकोले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको लामिछानेको भनाइ छ। उनले रास्वपा सरकार बनाउने र भत्काउने खेलमा लागेर देशलाई थप अस्थिर बनाउनेतर्फ नलाग्ने पनि बताए।

‘हामी त्यो खेलमा लाग्दैनौँ। हामीले पहिला पनि भनेका थियौँ एउटा राजनीतिक दल अस्थिरता चाहँदैन,’ उनले भने, ‘सत्ताका लागि जे पनि गर्ने भयो भने जनभावनाको अपमान हुन्छ।’

प्रकाशित: २२ वैशाख २०८० २०:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =