सिटिजन लाइफ इन्स्योरेन्सको छैटौँ वार्षिक साधारणसभा सम्पन्न

हिमाल प्रेस २२ वैशाख २०८० १५:३८
4
SHARES
सिटिजन लाइफ इन्स्योरेन्सको छैटौँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ– सिटिजन लाइफ इन्स्योरेन्सको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गरेको छ।

त्यस्तै लेखापरिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७८/७९ को वासलात, हिसाब, नाफा नोक्सान आयव्यय इक्युटीमा भएको परिवर्तनसम्बन्धी विवरण तथा नगद प्रवाह विवरण पनि पारित गरेको छ।

कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७९/८० को लागि कम्पनीको लेखापरीक्षक नियुक्त गर्ने विषय पनि पारित भएको कम्पनीले जनाएको छ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोनाको रोकथाम तथा प्रभावितको उपचारका लागि स्थापित सरकारी कोषमा कम्पनीको तर्फबाट गरिएको योगदान वापत ७ लाख रुपैयाँ अनुमोदन गर्ने लगायतका प्रस्ताव पनि पारित गरेको छ।

प्रकाशित: २२ वैशाख २०८० १५:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 7 =