सिटिजन लाइफ इस्योरेन्सको सुनौलो सय दिन अभियान सुरु

हिमाल प्रेस २४ चैत २०७९ १५:४८
6
SHARES
सिटिजन लाइफ इस्योरेन्सको सुनौलो सय दिन अभियान सुरु

काठमाडौँ- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सुनौलो सय दिन अभियान सुरु गरेको छ। शुक्रबारदेखि सुरु गरिएको अभियान आगामी असार मसान्तसम्म सञ्चालन हुनेछ। जीवन बीमा जागरण अभियान अन्तर्गत सुनौलो सय दिन कार्यक्रम सुरु गरिएको कम्पनीले जानकारी दिएको छ।

मुलुक आर्थिक संकटबाट गुज्रिरहेको चुनौतीपूर्ण समयलाई अवसरमा परिवर्तन गर्ने उद्देश्यले अभियानको आयोजना गरेको कम्पनीको भनाइ छ। बुटवल क्षेत्रमा आयोजना गरिएको कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, पश्चिमक्षेत्र साथै मध्य र मध्यपश्चिम क्षेत्रका प्रमुख व्यवसाय अधिकृतहरू धोजबहादुर खड्का र सुनिल पोखरेलबाट अभियानको उद्घाटन गरेका हुन्।

कम्पनीले आफ्नो ब्राण्ड एम्बेसडर महजोडीसँग सहकार्य गर्दै अभियान सम्पन्न गर्ने बताएको छ। सर्वसाधारणमा बीमाको पहुँच पुर्‍याउनुका साथै यसका फाइदा, यसमा रहेको रोजगारीको अवसरको चेतना विकास गर्दै, विभिन्न स्थानीय तहमा व्यावसायिक अभिकर्ता निर्माण गर्ने उद्देश्यले अभियान सुरु गरिएको कम्पनीको भनाइ छ।

बीमा विलासिता हैन अनिवार्य आवश्यकता हो भन्ने जनचेतना जगाउने र आर्थिक वर्षको बाँकी रहेका एक सय दिनलाई सुनौलो बनाउन कार्यक्रम थालिएको कम्पनीको भनाइ छ।

प्रकाशित: २४ चैत २०७९ १५:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 3 =