मोरङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

हिमाल प्रेस २१ वैशाख २०८० ८:५१
4
SHARES
मोरङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

काठमाडौँ- मोरङको लेटाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्।

लेटाङ नगरपालिका–७ भिरिङखामा बुधबार साँझ भीरबाट जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको हो। दुर्घटनामा एक जना गम्भीर घाइतेको धरानमा उपचार भइरहेको छ।

भित्री सडकखण्ड हुँदै उत्तरबाट दक्षिणतर्फ आइरहेको प्रदेश १–०२–००१ ज ३९५३ नम्बरको जिप दुर्घटना भएको प्रहरीले बताएको छ।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनीलकुमार श्रेष्ठका अनुसार दुर्घटनामा चालक मोरङको पथरी शनिश्चरे नगरपालिका घर भएका ३० वर्षीय मनोज दियाली र जिपमा सवार लेटाङ– ३ का ७४ वर्षीय जीवन श्रेष्ठको मृत्यु भएको हो।

गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राति ९ बजेतिर मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते लेटाङ– ६ का ५५ वर्षीय रुद्र लम्सालको उपचार भइरहेको छ। गाडी सडकबाट अन्दाजी २ सय मिटर तल खसेको प्रहरीले बताएको छ।

प्रकाशित: २१ वैशाख २०८० ८:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =