‘दिमाग खराब’मा दयाहाङदेखि खगेन्द्रसम्म

हिमाल प्रेस १९ वैशाख २०८० १२:२४
10
SHARES
‘दिमाग खराब’मा दयाहाङदेखि खगेन्द्रसम्म

काठमाडौँ- निश्चल बस्नेतको निर्देशनमा बन्ने फिल्म ‘दिमाग खराब’मा रहेका कलाकारको नाम सार्वजनिक भएको छ। निर्देशक बस्नेतले सोमबार सामाजिक सञ्जाल फेसबुकमा फिल्मको एक पोस्टर सेयर गर्दै कलाकारका नाम खुलाएका छन्।
‘वास्तविक जीवनसँग मेल खाएमा संयोगमात्र हुने छैन, पिपुल भर्सेज पावर!’ निश्चलले लेखेका छन्।

फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा र विजय बरालको नाम उल्लेख छ। सुसन प्रजापति छायांकार रहने फिल्मको छायांकन आगामी जेठदेखि सुरु हुनेछ।

निमेष श्रेष्ठको सम्पादन रहने फिल्ममा पटकथा आकाश बरालको छ। फिल्म ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टसको ब्यानरमा बन्नेछ। रौनकविक्रम कँडेल निर्माता रहेको फिल्म आगामी कात्तिक २४ प्रदर्शनमा आउनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − nine =