बीडी त्यागी सम्मानबाट साहित्यकार सम्मानित

हिमाल प्रेस १९ वैशाख २०८० ११:५१
24
SHARES
बीडी त्यागी सम्मानबाट साहित्यकार सम्मानित

काठमाडौँ- बीडी त्यागी स्मृति सेवा केन्द्रले साहित्यकारहरूलाई सम्मान गरेको छ। साहित्यमा लामो समयदेखि विशेष योगदान पु¥याएबापत केन्द्रले राधेश्याम लेकाली, रामदेव पाण्डे, रामचन्द्र दाहाल, शम्भु भट्टराई र सरु पोखरेललाई संयुक्त रूपमा पुरस्कार प्रदान गरेको हो।

रामहिटी साहित्य सदन बौद्धमा सम्मान कार्यक्रम भएको थियो। साहित्यकार बीडी त्यागीको सम्झनामा केन्द्रले २० वर्षयता साहित्यकारलाई सो सम्मान र पुरस्कार प्रदान गर्दै आएको छ।

‘बीडी त्यागी स्मृति सम्मान’ साहित्यकार राधेश्याम लेकाली, ‘बीडी त्यागी स्मृति पुरस्कार’ रामचन्द्र दाहालले पाएका हुन्। ‘बीडी त्यागी सम्मान’बाट रामदेव पाण्डे, ‘बीडी प्रतिभा सम्मान’ सरु पोखरेललाई प्रदान गरिएको छ।

प्रकाशित: १९ वैशाख २०८० ११:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 4 =