मेट गालामा प्रबल गुरुङको पहिरनमा सजिइन् आलिया

हिमाल प्रेस १९ वैशाख २०८० ११:२३
8
SHARES
मेट गालामा प्रबल गुरुङको पहिरनमा सजिइन् आलिया

काठमाडौँ- बलिउड अभिनेत्री आलिया भट्टले मेट गालामा नेपाली मूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङले तयार पारेको पहिरन लगाएकी छन्।

संसारकै प्रतिष्ठिन फेसन समारोह मेट गालामा आलिया पहिलोपटक सहभागी भएकी हुन्। उनले कार्यक्रममा मोती भएको सेतो स्लिभलेस गाउन लगाएकी हुन्। आफ्नो यो लुक स्यानल ब्राइडलबाट प्रेरित रहेको उनले खुलाएकी छन्।

‘स्यानलको ब्राइडल लुकबाट सधैँ प्रभावित हुन्छु,’  उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमा लेखेकी छन्, ‘विशेष गरी मेरो लुक सन् १९९२ मा सुपर मोडल क्लाउडिया सिफरबाट प्रभावित छ।’

आलियाले रेड कार्पेटका तस्बिर सेयर गरेकी छन्। ती तस्बिर भाइरल भएका छन्। बलिउड सेलिब्रिटीदेखि फ्यानले आलियाको पहिरनको प्रशंसा गरेका छन्। उनलाई ‘एन्जल’ भनिरहेका छन्।

गाउनमा प्रयोग भएका मोती भारतमा बनाइएका आलियाले खुलाएकी छन्। प्रबल गुरुङले बनाएको त्यस ड्रेसमा एक लाख मोती प्रयोग गरिएका छन्। यसपटक मेट गालामन आलियाबाहेक प्रियंका चोपडा, किम कार्दसियन, क्यान्डल जेनर, रिहाना, जीजी हदिदलगायत सेलिब्रिटी सहभागी भएका छन्।

 

प्रकाशित: १९ वैशाख २०८० ११:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 3 =